वामदेवले गरे मिडिया काउन्सिल विधेयकको विरोध

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता वामदेव गौतमले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको विरोध गरेका छन् । अहिलेकै अवस्थामा सो विधेयक अगाडि नबढाउन नेकपाका सचिवालय सदस्य गौतमले सुझाब दिएका छन् ।

गौतमले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेता सरकारले संसदमा पेस गरेकोे मिडिया काउन्सिल विधेयकका विवादास्पद प्रावधानप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सो आग्रह गरेका हुन् । 

समाचार लेखेकै आधारमा पत्रकारलाई १०–१० लाख रुपैयाँसम्म जरिवाना गर्ने कठोर प्रावधान उचित नहुने नेता गौतमले उल्लेख गरेका छन् । उनले विधेयकका केही प्रावधान नेपालको संविधानको अक्षर र भावनाअनुरूप बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन् ।

‘सरकार, राजनीतिक पार्टी र प्रेस सबै मर्यादित र अनुशासित हुनुपर्दछ भन्ने विचारसँग म पूर्ण सहमत छु,’ नेता गौतमले विज्ञप्तिमा भनेका छन्, ‘तर समाचार लेखेकै आधारमा पत्रकारलाई १०–१० लाख रुपैयाँसम्म जरिवाना गर्ने जस्ता कठोर प्रावधान उचित लाग्दैन ।’ गौतमले विज्ञप्तिमा यद्यपि, आफू पीतपत्रकारिताको सिकार भइरहेको उल्लेख गरेका छन् ।’

सञ्चारमाध्यमलाई जिम्मेवारीका साथ प्रस्तुत हुन पनि आग्रह गर्दै उनले कुनै पनि व्यक्तिको चरित्र हत्या हुने, बदलाको भावनाले परिचालित हुने र राष्ट्रिय हितलाई बेवास्ता गर्ने क्रियाकलाप सञ्चार क्षेत्रमा प्रकट हुन नदिन सञ्चारकर्मीहरुलाई अनुरोध गरेका छन् । 





  • प्रकाशित मिति : जेठ ९, २०७६ बिहीबार १४:३३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया