काठमाडौँ– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समितिको कार्यविभाजन र जिल्लाका इन्चार्ज सह–इन्चार्जबारे छलफल गर्न पार्टी सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
पार्टीका नेता तथा कार्यकर्ताहरूलाई दोहोरो जिम्मेवारी दिने या नदिने भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सचिवालय सदस्य माधवकुमार नेपाल पक्षबीच मतभेद भएपछि कार्यविभाजन धकेलिएको थियो ।
माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलगायत नेताहरू मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधि भइसकेका नेताहरूलाई दोहोरो जिम्मेवारी दिनै नहुने अडानमा छन् ।
प्रधानमन्त्री ओली, पार्टी महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल पहिले नै जिम्मेवारीमा रहेका नेताहरूलाई पार्टीभित्र पनि जिम्मेवारी दिँदा फरक नपर्ने पक्ष लिइरहेका छन् ।
आज छलफलमा दुवै पक्ष सहमत हुनेगरी मध्यमार्गी उपाय खोजिने नेताहरूले बताएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।