कैलाली– कञ्चनपुरमा हावाहुरीबाट २ जनाकाे ज्यान गयाे, १०० जना घाइते

काठमाडौं–  कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको हावाहुरीका कारण २ जनाकाे ज्यान गएकाे छ । १०० भन्दा बढी घाइते भएका छन् भने भौतिक संरचनामा क्षति पुग्दा जनजीवन प्रभावित भएको छ । अधिकांश शैक्षिक संस्थाहरु बन्द भएका छन् । 

हावाहुरीबाट मृत्यु हुनेमा गाेदावरी नगरपालिका कैलालीका ३१ वर्षे वीरबहादुर चाैधरी र टीकापुरका लहानु डगाैरा रहेका छन् । चौधरीले चलाई रहेको से १ प ५८२१ नम्बरको मोटरसाइकल हावाका कारण अनियन्त्रित भई बा.३ प ३८३६ नम्बरको टिप्परसँग ठोक्किदा उनकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । 

कैलाली प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बोहराका अनुसार कैलालीमा ७६ जना घाइते भएका छन। गम्भीर घाइते भएका २ जनालाई कोहलपुर र २ जनालाई भारत रेफर गरिएको छ। बाँकीको कैलालीकै पदमा र सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

६६ जना उपचार पछि घर फर्केका छन। यसैगरि कञ्चनपुरमा २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक दिनेश आर्चायले जानकारी दिएका छन् । २३ जना मध्ये १५ जना घर फर्किसकेका छन भने ८ जनाको सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।

हावाहुरीले  दर्जनाैं कच्ची घर भत्किएका छन्, जस्ताले छाएका घरकाे छत उडाएकाे छ । हुरीले रुख र विद्युतका पाेल ढलेपछि सडक तथा विजुली अवरुद्ध भएकाे छ । विद्यालयका भवनहरुमा क्षती पुर्याउँद अधिकांश विद्यालय बन्द भएका छन् । यस्तै प्रहरी चाैकीहरुमा पनि हावाले क्षती पुर्याएकाे प्रहरीले जनाएकाे छ । 





  • प्रकाशित मिति : जेठ २४, २०७६ शुक्रबार ९:३१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया