हावाहुरीका कारण सुदूरपश्चिम प्रदेशभरि बिजुली अवरूद्ध

कैलाली– कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको हावाहुरीले सैयौँ बिजुलीका पोल ढालेर तार चुँडाइदिएपछि सुदूरपश्चिम प्रदेशका सबै जिल्ला बिजुलीविहीन भएका छन् । राति आठ बजेबाट अवरुद्ध बिजुली शुक्रबार दिउँसो पनि सुचारु हुन सकेको छैन ।

अत्तरिया हुँदै स्याउले जाने हाइटेन्सन लाइनको तार पनि चुँडिएकाले पहाडी जिल्लामा बिजुली अवरुद्ध भएको विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाले जनाएको छ । 

कार्यालयले प्राविधिकहरु लगाएर मेन लाइन चलाउन प्रयास गरिरहेको छ । साँझसम्म धनगढीमा बिजुली बाल्न सकिने सम्भावना रहेको कार्यालयको भनाइ छ ।  दुई जिल्लाका बाँकी गाउँमा बिजुली बनाउन भने अझै केही दिन लाग्ने बताइएको छ ।

पहाडतर्फ पनि अत्तरिया हुँदै बिजुली जाने भएकाले हावाहुरीका कारण सुदूरपश्चिमका सात पहाडी जिल्लामा बिजुली बल्न सकेको छैन । चमेलिया र अपि जलविद्युत आयोजना चल्न पनि सोही स्थानबाट बिजुली जानुपर्ने तर मेनलाइनबाट बिजुली नगएकाले दुवै आयोजनामा बिजुली उत्पादन बन्द भएको छ ।

कैलालीको टीकापुर आसपासमा ९६ किलोमिटर प्रतिघन्टाको गतिमा आएको हावाहुरी पूर्वतर्फ आउँदा बिस्तारै घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ २४, २०७६ शुक्रबार १४:४५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया