भारतीय अभिनेता गिरीश कर्नाडकाे निधन, तीनदिने राजकीय शोकको घोषणा

काठमाडौं– लामो समयदेखि अस्वस्थ रहेका भारतीय अभिनेता तथा निर्देशक गिरीश कर्नाडकाे सोमबार निधन भएको छ । 

कर्नाडको ८१ वर्षको उमेरमा बैंगलोरमा सोमबार निधन भएको हो । उनले भारतीय साहित्य, चलचित्र लेखन, निर्देशन तथा अभिनयमा ६ दशक बिताएका थिए । 

‘पल्टिपल अर्गान फेलियर’का कारण उनको निधन भएको चिकित्सकको भनाइ छ । उनको निधनमा कर्नाटक सरकारले तीन दिनको राजकीय शोकको घोषणा गरेको छ । 

कर्नाटकका मुख्यमन्त्री एचडी कुमारास्वामीले उनको निधनमा शोक व्यक्त गर्दै एक दिन सार्वजनिक बिदाको घोषणा गरेका हुन् । उनको सोमबारै अन्तिम संस्कार हुँदै छ । 

गिरीश कर्नाडको निधनपति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शोक व्यक्त गरेका छन् । उनी कलामार्फत सबैको स्मरणमा रहिरहने मोदीको ट्विटमा उल्लेख छ । 





  • प्रकाशित मिति : जेठ २७, २०७६ साेमबार १७:३४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया