वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियुक्त पक्राउ

 काठमाडौँ– वैदेशिक रोजगार ठगी मुद्दामा डेढ वर्ष कैद र १ लाख ५० हजार जरिवानाको सजाय तोकिए पनि फरार रहेका एक अभियुक्त फक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले ठगी मुद्दाका फरार अभियुक्त सुमन देउजालाई पक्राउ गरेको हो । 

काठमाडौं महानगरपालिका–३२ घर भएका देउजाविरुद्ध वैदेशिक रोजगार न्यायाधीकरणले ४ माघ २०७१ मा १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।





  • प्रकाशित मिति : जेठ २९, २०७६ बुधबार १५:२१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया