Thu, 19 Sep, 2019


हृदयघातबाट जाेगिन छाेड्नुहाेस् यी बानी
फरकधार / जेठ २९, २०७६

अनियमित खानपानका कारण तपाईलाई धेरै किसिमका रोगहरु लाग्न सक्छन् । समयमा खाना नखानु, धेरै खाना खानु जस्ता अनियमित खानपानका कारण शरीरमा नराम्रो असर परिरहेको हुन्छ । निम्नानुसार खाना खाने बानि छ भने तपाईलाई हृदयघात पनि हुन सक्छ ।



त्यसैले हृदयघातबाट जाेगिन यस्ता पाँच अादतहरू तपार्इकाे पनि छ भने आजैबाट छाेड्नुहाेस् ।

१ बिहानको खाजा नखानु बिहान सहि समयमा खाजा नखाने र लामो समयसम्म भोकको रहँदा मोटोपन बढ्छ । यसले छिटो शरीरको धड्कन बढ्न सुरु हुन्छ र मुटुमा नराम्रो असर पर्छ । बिहानको खाजा नखानेहरुमा हृदयघातको खतरा २७ प्रतिशत धेरै हुन्छ ।

२ खानापछि गुलियो खानु खाना खाए लगतै गुलियो चिज खाँदा चिनीको मात्रा छिटो बढ्छ । यसले मोटोपन बढ्छ र हृदयघात हुने डर बढ्छ ।

३ धेरै मसला भएको खाना धेरै पिरो र मसालेदार खाना खाँदा शरीरमा रगत सञ्चालनको प्रक्रिया बढ्छ । यसले हृदयघातको खतरालाई बढाउँछ ।

४ धेरै चिल्लो खाना खानु धेरै चिल्लो खाना खानाले शरीरमा धेरै बोसो जम्मा हुन्छ । यसले कोलेस्ट्रोल बढाउँछ । जसले गर्दा हृदयघातको खतरा बढ्छ ।

५ धेरै मोटो मासु खानाले सधै मोटो मासु जस्तै मटन र बीफ खानाले शरीरमा बोसोको मात्रा बढ्न जान्छ । यसले शरीरमा कोलस्ट्रोलको मात्रा बढाउँछ र हृदयघात हुने सम्भावना बढ्छ ।

 

 

 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्