नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च तेस्रो वर्षमा

काठमाडौँ– नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चले आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ । मञ्चले बिहीबार राजधानीमा एक कार्यक्रको आयोजना गरेर स्थापना दिवस मनाएको हो । मञ्च २०७४ सालमा स्थापना भएको थियो ।

कार्यक्रमा बोल्दै नेपाल रत्न आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले मञ्चले स्थापना भएयता धेरै उपलब्धि हाँसिल गरेको बताए । उनले सुनचाँदी व्यवसायलाई आत्मसम्मानको व्यवसाय गर्दे उद्योगको रूपमा स्थापित गर्नुपर्ने भनाई राखे । 

१६ वर्षदेखि सुनचाँदी व्यवसायमा सक्रिय रहँदै आएका महर्जनले आफूले भोगेका दुःख, समस्याहरूको अनुभव अरूलाई सिकाउँदै अगाडि बढ्ने क्रममा मञ्चलाई पनि धेरै सहयोग गरेको बताए । 

महर्जनले नेपाली मौलिक गरगहनाहरू अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नुपर्ने बताए । सुनचाँदी व्यवसाय विकासको खम्बा, समृद्धिको खम्बाको रूपमा लिंदै राज्यले रोजगारी दिने व्यवसायको रूपमा लिनुपर्ने बताए । 

त्यसैगरी महर्जनले सुनचाँदी व्यवसायमा कच्चापदार्थको अभाव रहेको बताए । उनले कच्चापदार्थ र सुनको कोटा बढाउन राष्ट्रबैंकलाई आग्रह गरेको बताए ।  नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च जनसंख्याको हिसावले थोरै रहे पनि विचारमा अगाडि रहेको बताए । 

उनले भने, 'हामी जनसंख्याको हिसावले थोरै छौँ । तर विचारमा अगाडि छौँ ।’ उनले विस्थापित हुन लागेका व्यवसायीलाई कसरी माथि उकास्न सकिन्छ त्यस विषयमा बहस गर्नुपर्ने बताए । 



त्यसैगरी मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले मञ्च स्थापना गर्दाका दुःख स्मरण गर्दे आफू र आफ्नो टिमले मेहनत गरेर नै मञ्च यहाँसम्म आएको बताए ।

अध्यक्ष लकान्द्रीले नेपाल रत्न आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले निरन्तर साथ दिएका कारण आफू सफल भएको बताए । लकान्द्रीले मञ्चलाई यहाँसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद र आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेका छन् ।  



मञ्चको जिल्ला शाखाहरू धरान र ललितपुरले पनि स्थापना दिवस मनाएका थिए ।

 कार्यक्रममा पाँचथर सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष विमल धमला, कानुनी सल्लाहकार, प्रेस सल्लाहकारहरू मोहन विश्वकर्मा, श्याम दर्नाल, प्रकाश समिर लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रमको सञ्चालन महासचिव खेम तिरुवाले गरेका थिए । 
 

  • प्रकाशित मिति : जेठ ३०, २०७६ बिहीबार १८:४५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया