रिस किन उठ्छ ? कसरी राख्ने रिसमाथि नियन्त्रण ?

कहिलेकाहिँ रिस उठ्नु सामान्य हो । भलै, रिसले फाइदाभन्दा हानि नै ज्यादा गर्छ । खासमा रिस उठ्छचाहिँ किन त ? 

वैज्ञानिकहरुको भनाइमा रिस हाम्रो भावनालाई व्यक्त गर्ने एक माध्यम हो । जतिबेला हामी कुनै समस्यामा पर्छौं या मनमा कुनै डर पस्छ, कुनै चिज गुमाउने डर हुन्छ तर त्यसको सामना गर्ने कुनै उपाय वा आँट हुँदैन, त्यतिबेला हामीलाई रिस उठ्छ ।

कुनैबेला हामी कसैलाई आफ्नो कुरा सम्झाउन चाहन्छौँ तर दोस्रो व्यक्ति कुरा सुुन्नुको साटो वादविवाद गर्न थाल्छ । यस्तो अवस्थामा हामी आफ्नो साधारण स्वरुप बिर्सेर ऊप्रति रिस पोख्न थाल्छौँ । 

रिस उठेका बेला हर्मोनको प्रभावले हाम्रो दिमाग शून्य हुन्छ । यसको असर हाम्रो सोच्ने क्षमतामा पर्छ । त्यसैले, हामी कसैलाई नराम्रो व्यवहार गर्न पुग्छौँ । अनि पछि पछुतो हुन्छ ।

रिस कम गर्ने / नियन्त्रणमा राख्ने उपाय 

सादा खाना : शरीरमा कुनै पनि समस्याको सुरुआत खानपानको गडबडीले हुन्छ । ज्यादा मसालेदार खाना शरीरका लागि हानिकारक छ । यसबाट शरीरमा ज्यादा गर्मी पैदा हुन्छ, जसले रिस ज्यादा उठाउँछ । त्यसैले, धेरै रिस उठ्ने मान्छेले सधैँ सादा (तेल, मसला, पिरो कम भएको) खाना खानुपर्छ ।



व्यायाम : घरी–घरी रिसाउने बानीले शरीरमा रिससँग सम्बन्धित रसायनको मात्रा बढ्दै जान्छ । यसलाई निकाल्ने सबैभन्दा राम्रो उपाय व्यायाम हो । त्यसैले, रिस कम गर्न हरेक बिहान व्यायाम गर्नुपर्छ ।

पूरा निद्रा : रिस त्यतिबेला उठ्छ, जतिबेला तनाव बढ्छ । रिसको सिधा सम्बन्ध तनावसँग हुन्छ । तनाव कम गर्ने सबैभन्दा राम्रो उपाय पूरा निद्रा लिनु हो । तनाव घट्दा रिस आफैँ घट्छ । 



आफन्तसँग कुरा गर्ने : यदि ट्राफिक जाम देखेर रिस उठ्छ भने त्यो बेला साथीसँग कुरा गर्दा रिस कम हुन्छ । यस्तो नभए आफूले आफैसँग कुरा गरेर मन शान्त गराउन सकिन्छ ।

मनोचिकित्सकसँग परामर्श : सधैँ रिस उठेको महसुस हुन्छ भने यो एक गम्भीर मानसिक रोग हुन सक्छ । मस्तिष्कमा रसायनको अनुपात वा सन्तुलन बिग्रँदा रिस धेरै उठ्छ । यस्तो अवस्थामा तुरुन्तै मनोचिकित्सकलाई भेट्नुपर्छ । उपचार गराउनुपर्छ ।

नसालु पदार्थ सेवन नगर्ने : नसालु पदार्थले मस्तिष्कलाई उत्तेजित बनाउँछ, र ज्यादा रिस उठाउँछ । त्यसैले, रिस कम गर्न नसालु पदार्थबाट टाढै रहनुपर्छ । 

लामो, गहिरो सास लिने : रिस उठ्नेबित्तिकै लामो सास फेर्नाले रिस कम हुन्छ । यसले मस्तिष्कमा अक्सिजनको मात्रा बढाउँछ र दिमाग शान्त हुन्छ । यसका लागि एकान्त ठाउँको खोजी गर्न सकिन्छ ।

संगीत सुन्ने : रिस उठेका बेला मनपर्ने गीत सुन्दा रिस शान्त हुन्छ । यसलाई म्युजिक थेरापी भनिन्छ । 

  • प्रकाशित मिति : असार १, २०७६ आइतबार २:१९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया