घरेलु श्रमिकको दर्ता गरौं : सांसद् श्रेष्ठ

काठमाडौँ–सांसद् विनाकुरमारी श्रेष्ठले देवानी संहीताले व्यवस्था गरेअनुसार घरेलु श्रमिकको दर्ता गर्नुपर्ने बताएकी छिन् । आइतबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले सो कुरा बताएकी  हुन् । 

प्रत्येक वर्ष जुन १६ मा अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवस मनाइन्छ । यसै अवसरमा देश विदेशमा रहेका घरेलु श्रमिकलाई शुभकामना दिएकी छिन् । सांसद् श्रेष्ठले श्रमले ऐनले घरेलु श्रमिकलाई समान अधिकार दिएको बताउँदै ऐन कार्यान्वयन हुन नसकेको बताइन् । 

उनले भनिन्, ‘श्रमले ऐनले घरेलु श्रमिकलाई समान अधिकार दिएको छ । ऐन कार्यान्वयन हुन सकेको छैन । हामीले देवानीसंहीता पारित गरिसकेका छौं । देवानीसंहीताले व्यवस्था गरे अनुसार घरेलु श्रमिकहरूलाई दर्ता गर्नुपर्छ ।’ 

घरेलु श्रमिको दर्ता गर्ने भने उनीहरूले न्याय पाउने श्रेष्ठले बताइन् ।  


 





  • प्रकाशित मिति : असार १, २०७६ आइतबार ११:३६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया