भ्रमण वर्ष २०२०को लोगो सार्वजनिक

काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० को लागि नेपाली पहिचान झल्कने लोगो ‘ब्राण्ड आइडेन्टिटी’ सार्वजनिक गरिएको छ । लेगोमा नेपालको चिनारीलाई आर्ट गरेर कलात्मक प्लेकार्ड सामग्री बनाइएको छ । 

जसमा प्रकृति, साहसिक गतिविधि, परम्परागत संस्कृति, मठमन्दिर, वन्यजन्तु तथा रैथाने जीवनशैली आदि झल्कने खालका नेपालको पहिचान समेटिएको छ । पहेँलो पृष्ठभूमिमा सेतो अक्षरको नेपाल लेखेर त्यसको माथितिर नेपाली टीकाको संकेत राखिएको छ । 

हरेक चिनारीका प्लेकार्डमा नेपाल लेखिएको छ । यस्ता सामग्री सवारी साधन, प्रतिक्षालयका साथै झोला, टिसर्ट, कप आदि सामानमा समेत राख्न सकिनेछ ।

नेपाल भ्रमण वर्ष सचिवालयले शुक्रबार आयोजना गरेको एक कार्यक्रमका बीच नेपाल चिनारीको लोगो सार्वजनिक गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले भ्रमण वर्षको प्रवर्द्धनका लागि यसले सहयोग पुग्ने बताए ।

उनले भ्रमण वर्षलाई प्रभावकारी बनाउन विदेशी प्रख्यात मिडियामा प्रचारप्रसार गरिरहेको र गुणस्तरीय पर्यटक व्यवस्थापनका लागि सेवा स्तरीकरणलगायतका काम पनि सँगै अघि बढाइने उल्लेख गरे ।

भ्रमण वर्ष अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले नेपालको प्रकृति सम्पदा, संस्कृति, रीतिरिवाज, साहसिक पर्यटकीय गतिविधिलाई पहिचान गराई विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले लोगो बनाइएको बताए ।



नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले नेपाल झल्कने ‘युनिक ब्रान्ड’ लाई प्रवर्द्धन गर्न लोगो ल्याइएको बताउँदै यसले नेपालको कला, संस्कृति र जीवनशैलीलाई चिनारी गराउनुका साथै पर्यटकलाई नयाँ खुराक दिन सहयोग पुग्ने बताइन् ।



  • प्रकाशित मिति : असार १३, २०७६ शुक्रबार १४:३४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया