संखुवासभामा प्रहरी र विप्लव माओवादीबीच गोली हानाहान, थप प्रहरी खटाइए

संखुवासभा– संखुवासभामा प्रहरी र विप्लव माओवादी कार्यकर्ताबीच दोहोरो भिडन्त भएको छ । सिलिचुङ गाउँपालिका–१ सिसुवाखोलाको हेयाङ्लामा प्रहरी र विप्लव माओवादी कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएपछि हेलिकप्टरमा थप प्रहरी खटाइएको छ ।

काठमाडौंबाट सेनाको एमआई–१७ हेलिकप्टरबाट सशस्त्र र जनपद प्रहरीको दुई टोली हेयाङ्लामा पठाइएको प्रहरी प्रधान कार्यालयले जनएको छ । सोमबार बिहान विप्लव समूह र प्रहरीबीच गोली हानाहान भएपछि संखुवासभाबाट प्रहरीका नौजना र सशस्त्र प्रहरीका १० जना प्रहरी बिहान हेयाङ्ला पुगेका थिए ।

कार्यालयले जनाएअनुसार सशस्त्र प्रहरीका निरीक्षक उमेश थापाको नेतृत्वमा २५ जना र प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५ जना थप सुरक्षाकर्मी हेयाङ्लामा अवतरण गराइएको छ । विप्लव समूहले गोली हानेपछि जवाफी फायरिङ गरिएको प्रहरीको दाबी छ ।

२० मिनेट दोहोरो गोली हानाहान भएपछि विप्लव समूह तितरवितर भएको र सुरक्षाकर्मी सुरक्षित रुपमा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दोहोरो गोली हानाहान भए पनि दुवैतर्फ क्षति नभएको दाबी प्रहरीको छ ।





  • प्रकाशित मिति : असार १६, २०७६ साेमबार १४:५४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया