एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा मलेसिया र सिंगापुरले खाता खोले

काठमाडौं– मंगलबारबाट मलेसियामा एसिसी यु–१९ इस्टर्न रिजन २०१९ सुरु भएको छ । प्रतियोगितामा घरेलु टोली मलेसिया र सिंगापुरले विजयी सुरुवात गरेको छ । थाइल्यान्डलाई १६ रनले पराजित गरेको मलेसियाले समूह बी मा दुई अंक जोडेको छ । मलेसियाले टस जितेर पहिले ब्याटिङ गरेको  थियो । 

उसले ३०.३ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र बनाएको थियो । ९५ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड २६.४ ओभरमा ७८ रनमै अलआउट भयो । खेलमा ४ विकेट लिएका मलेसियामा मुहमद अमीर अजिम म्यान अफ दी म्याच भए ।

यस्तै सिंगापुरले चीनलाई ८ विकेटले पारजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको चीन २३ ओभर खेल्दै २८ रनमै अलआउट भयो । ६.५ ओभर खेल्दै २ विकेट गुमाएर सिंगापुरले २९ रनको लक्ष्य पूरा गरेको हो । चीनलाई अलआउट गर्नै एक्लैले ७ विकेट लिएका सिंगापुरका विनित मेहता म्यान अफ दी म्याच घोषित भए।

जितपछि नेपाल रहेको समूह एमा सिंगापुरले दुई अंक जोडेको छ । नेपालले भने पहिलो खेल बुधबार चीनसँग खेल्नेछ। उक्त खेल नेपालले जितेमा नेपाल र सिंगापुरबीचको खेल हुनुअघि नै चीन बाहिरिनेछ र नेपाल र सिंगापुर सेमिफाइनल पुग्नेछ ।





  • प्रकाशित मिति : असार १७, २०७६ मंगलबार १६:७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया