व्यापारी पक्राउको विरोधमा अत्तरियामा राजमार्ग जाम

कैलाली– अत्तरियाका व्यापारीहरुले एक घण्टा राजमार्ग जाम गरेका छन् । अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटासहित ३ व्यापारीको रिहाइ माग्दै उनीहरुले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेका हुन् ।

बुधबार बिहान पत्रकार सम्मेलन गरिरहेका वेला अध्यक्ष देवकोटासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले उनीहरुलाई सार्वजनिक हितविरुद्धको कसुर अन्तर्गगत गोदावरी नगरपालिकाले दर्ता गरेको मुद्दामा पक्राउ गरेको हो ।

नगरपालिकाले देवकोटासहित ८ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । १० असारको नगरसभामा उद्योग वाणिज्य संघलाई आफ्नो भनाइ राख्न नदिएको भन्दै उनीहरुले विरोध गरेका थिए ।

अध्यक्षसहित ३ जना पक्राउ परेपछि बाँकी ५ जना आफैँ जिल्ला प्रहरी कार्यालय पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 





  • प्रकाशित मिति : असार १९, २०७६ बिहीबार १२:४४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया