यू–१९ एसिया कप छनोट क्रिकेटमा नेपाल विजयी

काठमाडौं– यू–१९ एसिया कप छनोट क्रिकेटमा नेपालले सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको छ । नेपालले दिएको ३ सय २७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९.१ ओभरमा १ सय ९ रनमा अलआउट भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर खेल्दै ३ सय २६ रन बनाएको थियो । छनोटको खेलमा नेपालका लागि कुशल मल्लले चार विकेट लिए । यस्तै तिलकराज भण्डारीले दुई तथा सागर ढकाल र रसिद खानले एक÷एक विकेट लिए ।  

नेपालका लागि रित गौतमले १३७ बलमा ११५ रन, पवन सर्राफले ४१ बलमा ४५ रन, खडक बहादुर बोहराले ९० बलमा ९० रन सातै कुशल मल्लले २३ बलमा ५१ रन बनाएका थिए ।

समूहको शीर्ष स्थानमा रहेको नेपालले अर्को समूहको उपविजेतासँग सेमीफाइनल खेल्नेछ । बुधबार पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो । 

समूह बीमा मलेसिया, भुटान, हङकङ र थाइल्यान्ड रहेका छन् । प्रतियोगिताको विजेताले अगस्ट २८ देखि श्रीलंकामा हुने यू–१९ एसिया कप खेल्न पाउनेछ ।





  • प्रकाशित मिति : असार २०, २०७६ शुक्रबार १५:३३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया