ओरालो लाग्यो नेप्से परिसूचक

काठमाडौं– धितोपत्र बजारमा मंगलबार उकालो लागेको नेप्से परिसूचक बुधबार भने ओरालो लाग्यो । उतारचढावका बीच नेप्से परिसूचक १.१२ अंकले घटेर एक हजार २४९.१५ मा पुगेर रोकियो । ठूला कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.७३ अंकले घटेर २६८.३३ मा थामियो । 

स्टकका अनुसार आज कुल १६८ कम्पनीका २९ लाख ९८ हजार ९४७ कित्ता सेयर रु ५७ करोड ३४ लाख ४७ हजार ५०९ मा खरिद–बिक्री भए । परिसूचक ओरालो लागे पनि कारोवार भएका ११ मध्ये तीन उपसमूहको सेयर मात्र बढ्यो । बैंकिङ १.७८, लघुवित्त ३५२ र जीवन बिमा उपसमूहका सेयर १.४४ अंकले बढ्दा होटल ३.७८, विकास बैंक २.७६, जलविद्युत् ४.५४, वित्त ०.९८, निर्जीवन बिमा १६.७५, उत्पादन २७.०१, अन्य ६.९३ र सामूहिक लगानी कोषका सेयर ०.११ अंकले घटे । 

स्टकका अनुसार सिभिल बैंकको संस्थापक सेयर रु १७ करोड ५३ लाख ५९ हजार ४०० मा खरिद–बिक्री भई शीर्ष स्थानमा रह्यो । त्यस्तै सिटिजन लगानी कोषको सेयर चार करोड ११ लाख ६५ हजार ८१०, नेपाल बैंक दुई करोड २३ लाख १७ हजार ०१४, एनआइसी एशिया बैंक  एक करोड ६५ लाख ९५ हजार ६ सय ३४ र शिवम् सिमेन्ट्सको सेयर एक करोड ५५ लाख ७१ हजार ४ सय ५५ मा खरिद–बिक्री भए । 

घटेको बजारमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.८१ प्रतिशतले कमाए । यस्तै समिट लघुवित्त वित्तीय संस्था लिमिटेड ४.४९, मल्टीप्रपोज फाइनान्स कम्पनी ४.४४, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड ४.१३ र नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ३.७९ प्रतिशतले कमाए । 

सिभिल लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.६७ प्रतिशतले गुमाए । कञ्चन डेभलपमेन्ट बैंक ६.०९, आँखुखोला जलविद्युत् कम्पनी ५.४०, नविल इक्वुटी फन्ड ४.८४, कर्पोरेट डेभलपमेन्ट बैंक ४.८ र घलेम्दी हाइड्रो लिमिटेडका सेयरधनीले ३.३७ प्रतिशले गुमाए । 





  • प्रकाशित मिति : असार २५, २०७६ बुधबार १७:४८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया