काठमाडाैंकाे स्मार्ट पार्किङ शुल्क परिमार्जन, छाेटाे समय पार्क गर्नेलाई राहत

काठमाडौं– काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा सञ्चालन गरेको स्मार्ट पार्किङको शुल्क परिमार्जन गरेकाे छ । आर्थिक विधेयक, २०७६ को करसम्बन्धी व्यवस्था संशोधन गरेर महानगरले छाेटाे समय पार्किङ गर्नेकाे शुल्क घटाएको हो ।

यसअघिकाे प्रतिघन्टाका दरले शुल्क लिने व्यवस्थामा संशाेधन गरी पहिलाे आधा घन्टाका लागि छुट्टै शुल्क निर्धारण गरिएकाे छ । अब पहिलाे आधा घन्टाकाे पार्किङ शुल्क दुई पांग्रे सवारीले १५ रुपैयाँ र चार पा‌ंग्रेले ५० रुपैयाँ तिर्नुपर्नेछ । प्रतिघन्टा शुल्क भने दुई पांग्रेका लागि २५ र चार पांग्रेका लागि ८० नै यथावत् छ ।

यसअघि ५–१० मिनेट पार्किङ गर्दा पनि चर्काे शुल्क तिर्नुपरेकाे भन्दै गुनासा आएकालाे छाेटाे समय पार्किङ गर्न आउनेका लागि राहत हाेस् भनेर शुल्क परिमार्जन गरिएकाे महानगरका सूचना अधिकारी वसन्त आचार्यले बताए ।





  • प्रकाशित मिति : असार २९, २०७६ आइतबार २०:०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया