इङ्ल्यान्ड विश्व च्याम्पियन

काठमाडौंं-- सुपर ओभरमा पुगेको खेलमा न्युजिल्यान्डलाई पराजित गर्दै इङ्ल्यान्ड विश्व च्याम्पियन बनेको छ । उसको सुपर ओभरमा १६ रनको लक्ष्य न्युजिल्यान्डले भेट्टाउन सकेन ।

यो नै इङ्ल्यान्डले बिश्वकप जितेको पहिलो पटक हो । विश्वकप जित्ने टिममा इंग्ल्यान्ड छैटाैँ देश बनेकाे छ । याेभन्दा पहिले वेस्टइन्डिज, भारत, अष्ट्रेलिया, पाकिस्तान र श्रीलंकाले विश्वकप जितेका थिए ।

न्युजिल्यान्डकाे टिमले लगातार दाेस्राे विश्वकपमा हार व्यहाेर्नु पर्याे । यसअघि उसले फाइनलमा अष्ट्रेलियासँग हार व्यहरेकाे थियाे । 

फाइनल खेलमा न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन बनाएकाे थियाे । जवाफी ब्याटिङमा उत्रिएकाे इंग्ल्यान्डले पनि ५० ओभरमा २४१ रन नै बनायाे । त्यसपछि खेल सुपर ओभरमा प्रवेश गर्याे ।

सुपर ओभरमा इंग्ल्यान्डले पहिले ब्याटिङ् गर्दै १५ रन बनायाे । जवाफी ब्याटिङमा उत्रिएकाे न्युजिल्यान्डले पनि १५ रन नै बनायाे । 

त्यसैले खेलमा सबैभन्दा धेरै बाउन्ड्री लगाएकाे आधारमा इंग्ल्यान्ड च्याम्पियन बन्याे ।





  • प्रकाशित मिति : असार ३०, २०७६ साेमबार ०:१४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया