नेपाल र जर्मनीबीच पहिलोपटक राजनीतिक परामर्श

नेपाल र संघीय गणतन्त्र जर्मनीबीच पहिलोपटक राजनीति परामर्श भएको छ । दुवै देशका परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागितामा भएको संयुक्त राजनीतिक परामर्शमा पारस्परिक हित र चासोका समग्र विषयमा विचारविमर्श भएको हो  । 

दक्षिण एसियाका लागि जर्मनीको परराष्ट्र मन्त्रालयका आयुक्त मार्कुस पोटजेल नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको उक्त परामर्शमा द्विदेशीय, क्षेत्रीय सम्बन्धमा साथै राजनीतिक एवं आर्थिक विषयमा गहन छलफल भएको स्रोतले बताएको छ । 

परराष्ट्र सचिव शंकरदास वैरागी नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले बदलिँदो परिवेशमा नेपालको सामाजिक, आर्थिक उन्नयनका निम्ति ज्ञान र प्रविधि हस्तान्तरणसहित नैतिक तथा भौतिक सहयोगका निम्ति अनुरोध गरेको थियो । 

आयुक्त पोटजेलले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गरे । त्यस अवसरमा नेपाल–जर्मनी सम्बन्धका विविध पक्ष र आयामबारे विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

मन्त्री ज्ञवालीसँग नेपालका लागि युगान्डा, बोस्निया हर्जगोभिना र साइप्रसका राजदूतहरुले बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । उनीहरु नयाँ दिल्लीमा रहेर नेपाल मामिलासम्बन्धी कार्य सम्पादन गर्ने गर्छन् ।





  • प्रकाशित मिति : साउन १, २०७६ बुधबार १५:३२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया