शिल्पा शेट्टीको कमब्याक : १२ वर्षपछि खोलो पनि फर्किन्छ !

एजेन्सी– कुनै समय बलिउडमा हिट भएकी अभिनेत्री शिल्पा शेट्टी लामो समयसम्म ठूलो पर्दाबाट गायब भइन् । अब चाहिँ उनी १२ वर्षपछि फेरि ठूलो पर्दामा देखिने भएकी छिन् । यसले १२ वर्षमा खोलो पनि फर्किने कुरालाई चरितार्थ गरेको सामाजिक सन्जालमा भारतीय प्रयोगकर्ताले टिप्पणी गरेका छन् । 

उनले अब गर्न लागेको फिल्म हो– दिलजित दोसाँझले गर्न लागेको नयाँ फिल्म । 

भारतीय मिडिया मुम्बई मिररमा छापिएको एक रिपोर्टअनुसार शिल्पा फिल्ममा लेखिकाको भूमिकामा देखिनेछिन् । यो फिल्म रमेश तौरानीले निर्देशन गर्न लागेका छन् । शिल्पा अहिले लन्डनमा छिन् र यो फिल्मको सुटिङ अगस्टबाट सुरु हुने रिपोर्टमा जनाइएको छ । लामो समयदेखि शिल्पा रियालिटी सोहरुमा मात्रै देखिँदै आएकी थिइन् । 





  • प्रकाशित मिति : साउन ३, २०७६ शुक्रबार २०:५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया