हेलिकोप्टरमार्फत बैंकको सामग्री ढुवानी

डोल्पा– प्रभु बैंकले डोल्पाको विकट स्थानमा हेलिकोप्टरमार्फत सामग्री ढुवानी गरिएको छ । बैंकले यातायातको पहुँच नभएका कारण उपल्लो डोल्पामा हेलिकोप्टरमार्फत बैंकको सामग्री ढुवानी गरेको हो । 

से–फोक्सुन्डो गाउँपालिकाको प्रशासकीय केन्द्र सालताङ प्रभु बैंकको शाखा विस्तार गर्न हेलिकोप्टर प्रयोग गरिएको हो । सामान सुर्खेतबाट जुफाल विमानस्थल र जुफालबाट सालताङ पुर्याइएको थियो । 

सहज रुपमा यातायातका साधनमा ढुवानी गर्ने काम नभएपछि हेलिकोप्टर प्रयोग गरिएको हो । कर्णाली प्रदेश सरकारले डोल्पा मुड्केचुला गाउँपालिका–१ काशिलखोलामा राहत वितरण गर्नसमेत हेलिकोप्टरको प्रयोग भएको थियो ।

त्यस्तै डोल्पामा अहिलेसम्म पाँचवटा सुत्केरी हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको छ । डोल्पाका अधिकांश काम लाखौँ खर्च गरेर हवाईमार्गमार्फत काम हुने गरेको छ । 

उपल्लो डोल्पामा गरिने अधिकांश विकास निर्माणका कामदेखि अनुगमनमा समेत हेलिकोप्टरको प्रयोग हुने गरेका छन् । विकास निर्माणमा प्रयोग हुने सामग्रीसमेत हेलिकोप्टरमार्फत नै ढुवानी हुँदै आएको छ । बर्सेनि करोडौँ रकम हेलिकोप्टर, जहाजमार्फत ढुवानीमा खर्च हुने गरेको छ । 





  • प्रकाशित मिति : साउन ४, २०७६ शनिबार १५:१३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया