काठमाडौं– मलेसिया सरकारले ‘प्रोग्राम ब्याक फर गुड’ नामक कार्यक्रम ल्याएको छ । सो कार्यक्रमको उद्देश्य गैरकानुनी रूपमा बस्दै आएका नेपाली कामदारलाई आफ्नै देशमा फर्कन अवसर प्रदान गर्नु रहेको बताइएको छ ।
अगस्ट १ देखि डिसेम्बर ३१ सम्म लागू हुने सो कार्यक्रममा समावेश हुनका लागि नेपाली कामदारले मलेसिया सरकारलाई जरिवाना स्वरूप ७०० रिंगिट, पासपोर्ट नहुनेका लागि एकतर्फी यात्रा अनुमतिपत्रबापत लाग्ने सरकारी राजस्व १ सय ६० रिंगिट र मलेसियाबाट नेपाल फर्कंदाको हवाई टिकट शुल्क तिर्नुपर्नेछ ।
उक्त कार्यक्रममार्फत नेपाल फर्कन अन्य कुनै व्यक्ति, संस्था वा संगठनसँग सम्पर्क नगरी सोझै नेपाली राजदूतावासमा सम्पर्क गर्न सकिने बताइएको छ । त्यसका लागि दूतावासले चारवटा सम्पर्क सम्पर्क नम्बर दिएको छ ।
सो कार्यक्रममार्फत नेपाल फर्कन इच्छुक नेपालीले फोन नं. ००६०३२०२०१८९८, ००६०३२०२०१८९९, ००६०३२०२०१९०१ र हटलाइन नं ००६०१६२४७२७७७ मा सम्पर्क गर्न सक्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।