ट्रम्पले ८ सय २८ दिनमा १०१११ झुट बोले

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच विवाद रहेको कश्मिरको विषयमा दिएका अभिव्यक्तिलाई भारतले खारेज गरिदिएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भेटेपछि ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रसङ्ग निकाल्दै कश्मिरमा मुद्दामा भारतले अमेरिकालाई मध्यस्थता गर्न अनुरोध गरेको बताएका थिए ।

तर, भारतमा यो विषयले निकै ठूलो हंगामा मच्चायो । कतिसम्म भने भारतीय सरकारका जिम्मेवार मन्त्रीहरुले समेत मोदीले कहिल्यै पनि ट्रम्पलाई यस्तो अनुरोध नगरेको बताउन बाध्य भए । त्यसो त, विश्वभर ट्रम्प झुट बोल्छन् भन्ने एउटा मान्यता स्थापित छ ।

अमेरिकी पत्रिका वासिङटन पोस्टका अनुसार ट्रम्पले दैनिक २३ वटा झुट बोल्छन् । पोस्टको रिपोर्टमा २१ अप्रिलसम्म ट्रम्पले १०१११ वटा झुट बोलेको उल्लेख गरिएको छ । ट्रम्पले तीन दिनमै १२१ झुट बोलेर रेकर्ड नै कायम गरेको पनि विभिन्न सन्चारमाध्यममा उल्लेख गरिएको छ ।

उनले यति धेरै झुट २५ देखि २७ अप्रिलसम्म बोलेका थिए । त्यसअघि ट्रम्पले राष्ट्रपति कार्यकाल सम्हालेपछि २ वर्षमा ८१५८ झुट बोलेको एउटा रिपोर्ट छापिएको थियो । वासिङ्टन पोस्टको यो रिपोर्टमा ट्रम्पले भड्किलो भाषणा गर्दा आप्रवासीसम्बन्धी मात्रै १४३३ झुट बोलेको दाबी थियो ।





  • प्रकाशित मिति : साउन ८, २०७६ बुधबार १६:४४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया