विप्लवका धनकुटा–मोरङ सेक्रेटरी पक्राउ

विराटनगर– विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका धनकुटा–मोरङ सेक्रेटरी दीपक राई पक्राउ परेका छन् । मोरङको केराबारी गाउँपालिका–३ घर भएका ४५ वर्षीय राईलाई आज प्रहरीको विशेष टोलीले उनकै गाउँबाट पक्राउ गरेको हो ।

सरकारले प्रतिबन्ध लगाएपछि राई आफ्नो घर छाडेर भूमिगत बनेका थिए । मोरङ प्रहरीका अनुसार, गाउँकै एउटा घरमा सेल्टर लिएर बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । 

आफ्नो घर नआएर वरपरका गाउँमै सेल्टर लिएर बस्ने गरेको सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले राईलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बेलबारीमा राखेको छ । 

विभिन्न जिल्लामा बम विस्फोट, चन्दा आतंक, हतियार ओसारपसारलगायत धेरै घटनामा विप्लव समूहको नाम लिएर प्रस्तुत भएका राईमाथि कुन मुद्दा चलाउने भन्नेमा यकिन भइनसकेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : साउन ९, २०७६ बिहीबार १५:४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया