सेलाएन साम्राज्ञीको चर्चा

काठमाडौं– नेपाली अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाह केही दिन यता लगातार मिडियाको नजरमा परिरहेकी छिन् । तर, यो नजर उनका लागि केही समय राम्रो चर्चाको लागि भएन । 

सन्चारमाध्यममा मात्र होइन, उनको चर्चा सामाजिक सन्जालमा पनि निकै चुलिएको छ । यसको कारण हो– उनका केही तस्वीर । उनले प्रेमीसँगका केही ‘हट’ तस्वीर सामाजिक सन्जालमा राखेकी थिइन् । त्यसपछि उनी आलोचनाको शिकार बनिन् । 

धेरैले अनुमान गरेका थिए, साम्राज्ञी जिम्मेवार अभिनेत्री हुन् । तर, जब उनका तस्वीर बाहिर आए, धेरैले उनले अनावश्यक तस्वीर बाहिर ल्याएर चर्चामा आउन खोजेको टिप्पणी गरे । त्यसो त उनका फिल्म प्रदर्शनीमा आउनै लागेकाले पनि उनले यस्तो हत्कन्डा अपनाएको हुनसक्ने धेरैको टिप्पणी थियो । 

हुन पनि अब उनका फिल्म लगातार आउँदै छन् । उनको नयाँ फिल्म मारुनी प्रदर्शनको तयारीमा छ । अर्को फिल्म ‘रातो टिका निधारमा’को छायांकन सकिएको छ । 

अब साम्राज्ञीले प्रचारका लागि भए पनि फिल्म मारुनीबारे बोल्न थालेकी छिन् । उनले फिल्ममा आफ्नो भूमिका शक्तिशाली भएको बताएकी छिन् । जे होस्, कहिले तस्वीर सार्वजनिक गरेर त कहिले विभिन्न अभिव्यक्तिमार्फत् साम्राज्ञी चर्चामा नै छिन् । उनको चर्चा नेपाली फिल्मी बजारमा सेलाएको छैन ।





  • प्रकाशित मिति : साउन २१, २०७६ मंगलबार ९:५७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया