साताभर नेप्से परिसूचक उतारचढावपूर्ण

काठमाडौं– धितोपत्र बजारमा यस साता कुल १ सय ७२ कम्पनीका ७४ लाख ३८ हजार ८ सय ४८ कित्ता सेयर दुई अर्ब २८ करोड ७३ लाख ८७ हजार ६ सय ३६ मूल्यमा खरिद–बिक्री भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर सेयर बजारमा कारोबारमापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो ।

पूँजीगत लाभकरलगायतका विषयमा देखिएको विवादका कारण बजारले लय समात्न नसकेको बताइन्छ । आइतबार कुल १ सय ६९ कम्पनीका १४ लाख ६७ हजार ४ सय ६४ कित्ता सेयर रु ४७ करोड ४१ लाख ५१ हजार ७ सय २९ मूल्यमा खरिद–बिक्री भए । 

बिहीबारको तुलनामा कारोबार रकमसमेत ओरालो लागेको हो । बिहीबार ५९ करोड पाँच लाख ८८ हजार २ सय ३९ मूल्यमा खरिद–बिक्री भएका थिए । यस्तै सोमबार नेप्से परिसूचक ४.५५ अंकले घटेर एक हजार २५५.०९ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकम पनि खुम्चेको थियो । स्टक एक्स्चेन्जका अनुसार कुल १ सय ६७ कम्पनीका १५ लाख पाँच हजार ५ सय ६ कित्ता सेयर ४४ करोड ३२ लाख पाँच हजार ४ सय ८१ मा खरिद–बिक्री भए । 

यस्तै मंगलबार पनि कारोबार मापक नेप्से परिसूचक करीब १० अंकले घट्यो । सो दिन नेप्से परिसूचक ९.३६ अंकले घटेर एक हजार २४५.७३ मा पुग्यो ।  सो दिन  कुल १ सय ६९ कम्पनीका १४ लाख ४९ हजार ६ सय ९७ कित्ता सेयर ५४ करोड सात लाख ५५ हजार १ सय ८२ मूल्यमा खरिद–बिक्री भए । 

बुधबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भयो । परिसूचक २.७५ अंकले बढेर एक हजार २४८.४८ मा पुगेको छ । कारोबार रकममा भने अपेक्षित सुधार आउन सकेन । कुल १ सय ७२ कम्पनीका ११ लाख ३८ हजार ६ सय ३९ कित्ता सेयर ३६ करोड ८६ लाख ४५ हजार ६ सय ६९ मा खरिद–बिक्री भए । 

बिहीबार कारोबार मापक नेप्से परिसूचक ९.९२ अंकले घटेर एक हजार २३८.५६ पुग्यो ।  कुल १ सय ६६ कम्पनीका १८ लाख ७७ हजार ५ सय ४२ कित्ता सेयर ४५ करोड ४६ लाख २९ हजार ५ सय ७५ मा खरिद–बिक्री भए ।





  • प्रकाशित मिति : साउन २५, २०७६ शनिबार १७:३९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया