जबरजस्ती विहे गरिदिएपछि घरबाट भागेकी युवतीको कथा

एजेन्सी– ‘म सानै हुँदा मेरो विवाह मेरै आफन्त पर्नेसँग तय गरिएको थियो । यसका कारण म सधैं असहज महसुस गर्थेँ ।’

स्कटल्यान्डजस्तो विकसित ठाउँमा बसने ३० वर्षीया नायलाले यो कुरा त्यहाँको बिबिसी स्कटल्यान्डको कार्यक्रम द नाइनमा भनेकी हुन् । 

‘मलाई सानैमा थाहा थियो, मेरो विवाह मेरो कजनसँग गरिने भएको छ । यसको कारण मलाई असहज हुन्थ्यो, मेरो परिवार चाहिँ मेरो कुरा लिएर चिन्तित हुन्थे । उनीहरु ममा पश्चिमी संस्कृतिको रस नपसोस् भन्ने चाहन्थे । उनीहरुलाई के भ्रम थियो भने उनीहरु मलाई यी सब कुराहरुबाट बचाइरहेका छन् ।’

एउटा मुस्लिम परिवारमा निकै कडा संघर्षका साथ हुर्किएकी नायला चाहिँ आफू अलग हिसाबले बाँच्न चाहन्थिन्, एउटा खुला जीवन बाँच्न चाहन्थिन् ।

नायलाको परिवार उनी नजन्मिँदै स्कटल्यान्ड गएको थियो । पछि उनी १७ वर्षकी हुँदा उनको परिवारलाई उनलाई पनि लिएर पाकिस्थान गयो । त्यो घटना अहिले पनि नायलालाई याद छ । 

‘मेरो परिवारका सदस्यले मलाई भन्न थालेका थिए कि मैले पाप गरेको छु, मैले मेरो परिवारको नाक काटिदिएकी छु,’ नायलाले सम्झिएकी छिन्, ‘मैले उनीहरुले भनेका आफन्तसँग विवाह गरेमात्र इज्जत बचाउन सकिने बताउँदै आएका थिए ।’



सुरुमा त नायलाले यो सब गर्ने कुरालाई अस्वीकार गरिदिएकी थिइन् । तर, उनको घरपरिवारले उनलाई लगातार दबाब दिइरह्यो । आखिरमा नायलाले आफ्नो घरपरिवारको कुरा नमानेर धर पाइनन् ।

‘म खासमा उनीहरुलाई चुप गर्न मात्र चाहन्थेँ,’ उनले भनेकी छिन्, ‘म त त्यसपछि खासमा बेहोस भएकी थिएँ, मेरो मन र दिमाग शुन्य रहेको थियो ।’



पाकिस्तानमा पाँच साता बिताएपछि नायला आफ्ना पतिलाई पाकिस्तानमा नै छोडेर स्कटल्यान्ड फर्किएकी थिइन् । उनका पति केहीपछि स्कटल्यान्ड फर्किने कुरा भएको थियो । 
तर, नायलाले पति फर्किनुअघि नै घर छोडिन्, साथीसँग बस्न जाने निर्णय गरिन् ।

‘मैले आफ्नो सामान प्याक गरेँ र भागेँ,’ उनले भनेकी छिन्, ‘मलाई घर, परिवार तथा समाजका सबैले निकै गाली गरे ।’ उनलाई परिवारले भाइबहिनीसँग अब भेट्नबाट वन्चित गर्ने निर्णय गरे ।

एक वर्षपछि उनी आफ्नो घर फर्किइन् । 

‘खासमा परिवारले मलाई स्वीकार गर्नु असम्भव जस्तै थियो तर उनीहरुले मलाई स्वीकार गरे,’ नायलाले भनेकी छिन्, ‘हामीले धर्मभन्दा पनि पहिले प्रेमलाई चुन्यौँ ।’

त्यसपछि नायलाले सम्बन्धविच्छेद गरिन् र पढ्नका लागि विश्वविद्यालयमा भर्ना भइन् ।

‘त्यसपछि त म स्वतन्त्र मुसलमान महिला भएकी छु,’ नायलाले भनिन् । 

  • प्रकाशित मिति : साउन २७, २०७६ साेमबार १६:१७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया