कांग्रेसकाे आग्रह : उपत्यका सार्वजनिक यातायात व्यवस्थापन विधेयक फिर्ता लगे हुन्छ

काठमाडौं– काठमाडौं उपत्यकाको सार्वजनिक यातायात व्यवस्थापनका लागि सरकारले राष्ट्रिय सभामा पेस गरेको प्राधिकरण विधेयक २०७६ प्रति नेपाली कांग्रेसका सांसदले नकारात्मक टिप्पणी गरेका छन् । 

भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठले बुधबार राष्ट्रिय सभा बैठकमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावगरेका थिए । मन्त्री महासेठको प्रस्तावमा बोल्दै कांग्रेस सांसद राधेश्याम अधिकारीले विधेयक बेढंगको भएको टिप्पणी गर्दै फिर्ता लैजान आग्रहसमेत गरे ।

सांसद अधिकारीले भने, ‘प्राधिकरणको कन्सेप्ट नै क्लियर छैन । यस्तो विधेयक सैद्धान्तिक रुपमा कसरी अघि बढ्ला ? हतारमा ल्याएको जस्तो लाग्यो । माननीय मन्त्रीसँग के अनुरोध गर्छु भने यो एैन फिर्ता लागे हुन्छ ।’

विधेयकमा धेरै कुरा छुटेको दाबी गर्दै उनले दफा–दफामा संशोधन गर्नुपर्ने आफूले देखेको उलने बताए । 





  • प्रकाशित मिति : साउन २९, २०७६ बुधबार १५:५०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया