मुख्यमन्त्री सहभागी कार्यक्रमस्थल नजिकै विस्फोट, कुनै क्षति भएन

कालिकोट– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी कार्यक्रमस्थलछेउ बम विस्फोट भएको छ ।

मुख्यमन्त्री शाहीले उद्घाटन गरेको कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभास्थल नजिकै आज विउँसो बम बिस्फोट भएको हो । विस्फोटमा विप्लव समूहको हात रहेको प्रहरीले बताएको छ । 

गाउँसभा उद्घाटन गर्न मुख्यमन्त्री शाही आजै वीरेन्द्रनगरबाट कालिकोटको पचालझरना गाउँपालिका पुगेका थिए । कार्यक्रम भइरहेका बेला नजिकैको जंगलमा बम विस्फोट भएको हो । विस्फोटबाट कुनै भौतिक क्षति भएन । 

कालिकोट मुख्यमन्त्री शाहीको गृह जिल्ला हो । यसपटक उनी एक साता लामो जिल्ला भ्रमणका लागि कालिकोट गएका हुन् । कालिकोट विप्लव समूहको नेकपाको बढी प्रभाव भएको क्षेत्र पनि हो । 





  • प्रकाशित मिति : साउन २९, २०७६ बुधबार २०:१५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया