प्रधानमन्त्रीले भने– अहिले होइन १५ वर्षअघि बिरामी थिएँ
तस्वीर: प्रधानमन्त्रीकाे सचिवालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बिरामी नभएको तर बाहिर अनावश्यक हल्ला गरिएको बताएका छन् । 

झापाबाट भेट्न आएका प्रतिनिधिहरुलाई प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । शुक्रबार विहान बालुवाटारमा उनले झापाका प्रतिनिधिहरुलाई भने, ‘म १५ वर्षअघि बिरामी थिएँ, अहिले होइन । तर, बाहिर हाँगाबिगाँ हालेर समाचार ल्याइयो ।’

प्रधानमन्त्री ओलीको नीजि सचिवालयले ओली तन्दुरुस्त भएको देखाउन एउटा तस्वीर पनि सार्वजनिक गरेको छ । 

प्रधानमन्त्री ओलीले झापाका प्रतिनिधिहरुसँग भेट्दा भने, ‘हिजो ९९ डिग्रीको ज्वरो आएर एकछिन आराम गरेको, बाहिर धेरै अफवाहहरु फैलिए ।’ प्रधानमन्त्री ओलीले अबको २० वर्ष पनि आफूलाई केही नहुने चिकित्सकहरुले बताएको बताएका छन् ।





  • प्रकाशित मिति : साउन ३१, २०७६ शुक्रबार १३:२६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया