६५ हजार घुससहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक पक्राउ

परासी– अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई ६५ हजार घुस रकमसहित पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष  केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन् ।

अख्तियार आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार शिक्षकको सरुवा सहमति र रमना मिलाइ दिएबापत उनीहरुले घुस लिएका हुन् ।

अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले बिहीबार परासीस्थित ‘लुम्बिनी प्लस’को कार्यालयबाट दुवै जनालाई पक्राउ गरिएको भुसालले बताए । 





  • प्रकाशित मिति : साउन ३१, २०७६ शुक्रबार १६:१६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया