कश्मिरः इमरानले फोन गरे ट्रम्पलाई, २ सय लेखकको भारतमा विरोध

एजेन्सी– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मिरको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोनमा कुरा गरेका छन् । 

पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले इमरान खानले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् बैठकको विषयमा अमेरिकी राष्ट्रपतिको समर्थन लिएको बताएका छन् । 

खानले ट्रम्पलाई क्षेत्रीय खतरा तथा कश्मिरको ताजा घटनाक्रमबारे बताएको कुरैशीले बताएका छन् । पाकिस्तानले लेखेको एउटा चिठीको आधारमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा शुक्रबार अनौपचारिक बैठक भएको थियो ।

यता, भारतमा २ सयभन्दा धेरै लेखक तथा सामाजिक कार्यकर्ताले भारत प्रशासित कश्मिरलाई विशेष राज्यको दर्जाबाट हटाएकोमा सरकारको आलोचना गरेका छन् । उनीहरुले एउटा चिठीमा सरकारले यस्तो गर्दा पहिले कश्मिरका जनताको राय लिनु पर्ने माग गरेका छन् । 

यसरी सरकारको विरोध गर्नेमा अमिताभ घोष, नयनतारा सहगल, अशोक वाजपेयी, अमित चौधरी, सांभाजी भगतलगायत छन् । 





  • प्रकाशित मिति : साउन ३२, २०७६ शनिबार १०:५३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया