काठमाडौं– सरकारले यातायात व्यवस्था विभागको महानिर्देशकमा गोगनबहादुर हमाललाई नियुक्त गरेको छ ।
यसअघिका महानिर्देशक कुमारप्रसाद दहालको विभागबाट सरुवा भएको एक सातापछि हमाललाई सो जिम्मेवारी दिइएको हो ।
सोमबार विभागको महानिर्देशकको कार्यभार सम्हालेलगत्तै हमालले आफ्नो जिम्मेवारीलाई प्राथमिकताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विभागको कार्यकक्षमा विभिन्न शाखाका कर्मचारीले हमाललाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।