मार्क्सवाद र एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं– नेपालमा पहिलोपटक आयोजना गरिएको मार्क्सवाद र एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन दुईबुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र मार्क्सीय गुरुकुलले संयुक्त रुपमा सोमबारदेखि काठमाडौंमा आयोजना गरेको सम्मेलनमा नेपाल, भारत, चीन, जर्मनी, बेलायतलगायत देशका ३०० प्रतिनिधिको सहभागिता थियो । सम्मेलनले मार्क्सवाद र एसियाली दर्शनलाई दार्शनिकबीच खुल्ला संवाद एवं बहस गराई विचार, ज्ञान र दर्शनको समृद्धिकरणमा निरन्तर जुटिरहने घोषणा गरेको छ ।

यसैगरी वर्षमा कम्तीमा एउटा बृहत् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने प्रतिबद्धता पनि गरिएको आयोजकले जानकारी दिए । समापन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ मार्क्सवादी चिन्तक मोहन वैद्यले नेपालका मौलिक दर्शनदेखि  मार्क्सवादको विषयवस्तुबारे बहस सुरु हुनु सकारात्मक रहेको बताए । 

संस्कृत भाषा ज्ञानको भण्डार भएकाले सबैलाई अनिवार्य पढ भन्न नसकिए पनि जान्न र बुझ्नका लागि पनि अध्ययन गर्नुपर्नेमा उनले जोड दिए । नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक डा. काशीनाथ न्यौपाने, मार्क्सीय गुरुकुलका अध्यक्ष सोनाम साथीलगायतले एसियाली र मार्क्सवादी दर्शनका राम्रा विषयलाई छनोट गरी अध्ययन–अनुसन्धान गरिनुपर्नेमा जोड दिए । 





  • प्रकाशित मिति : भदौ ४, २०७६ बुधबार १७:४८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया