जयशंकरले गरे पशुपतिमा पूजा

काठमाडौं– दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् । उनले पाशुपत क्षेत्रमा वृक्षारोपण पनि गरेका छन् । 

पशुपति क्षेत्र विकास कोषले जनाएअनुसार जयशंकरले आधा घन्टा पूजा गरेका थिए । उनलाई विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले शिवलिंग दिए । 

बिहिबार विहान पशुपतिनाथ मन्दिरको पूजा गर्न जयशंकरसँगै भारतीय राजदूत मन्जिवसिंह पुरी पनि पशुपतिनाथ गएका थिए । 

जयशंकर बुधबारबाट सुरु भएको नेपाल भारत संयुक्त बैठकमा सहभागी हुन नेपाल आएका हुन् । बुधबार नेपाल आएलगत्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । आज उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।





  • प्रकाशित मिति : भदौ ५, २०७६ बिहीबार ९:५३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया