माण्डव्य बजगाईं प्रतिष्ठानद्वारा बजगाईं वंशलता सार्वजनिक

काठमाडौं– माण्डव्य बजगाईं प्रतिष्ठान नेपालले बजगाईं वंशलता सार्वजनिक गरेको छ । शुक्रबार बालुवाटारको एक क्याफेमा बजगाईंको पुस्तावाली बजगाईं वंशलता सार्वजनिक गरिएको हो । 

उक्त पुस्तकको विमोचन माण्डव्य बजगाईंहरुकै सहगोत्री परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेका हुन् । कार्यक्रम बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले पछिल्लो समय नेपालमा राजनीतिक स्वार्थका लागि जातीय द्वन्द्व सिर्जना गरी नकारात्मक फाइदा लिन खोज्ने बढेको बताए । 

आदिवासीको विषयमा नकारात्मक कुरा मात्र भएको बताउँदै उनले मानव आफैँमा घुमन्ते प्राणी भएकाले आदिवासीका नाममा समाजमा अशान्ति फैलाउनु राम्रो नभएको उनको भनाइ थियो । 

बजगाईंहरुको इतिहासबारे लामो समय देशका गाउँगाउँसम्म पुगेर खोजी गरेका शशिप्रसाद बजगाईंले देशभरका बजगाईंहरुको अवस्थाबारे बताए । 

माण्डव्य बजगाईं प्रतिष्ठान नेपालका अध्यक्ष राजेन्द्र बजगाईंले विमोचित पुस्तकबाट बजगाईंको गौरवमय इतिहासको खोजी सुरु भएको र अबका पुस्ताका लागि यस विषयमा अझ खोज तथा अनुसन्धानमा यसले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । 



 



  • प्रकाशित मिति : भदौ ६, २०७६ शुक्रबार १८:३२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया