Fri, 20 Sep, 2019


भारतका पूर्ववित्तमन्त्री अरुण जेटलीकाे निधन
फरकधार / भदौ ७, २०७६

एजेन्सी- भारतमा नरेन्द्र माेदी सरकारकाे पहिलाे कार्यकालका वित्तमन्त्री समेत रहेका भारतीय जनता पार्टीका नेता अरुण जेटलीकाे शनिबार निधन भएकाे छ । उनी ६६ वर्षका थिए ।



गत नाै महिनायता जेटलीले एम्स अस्पतालमा उपचार गराइरहेका थिए । 

केही दिनयता उनकाे अवस्था नाजुक भएकाे भन्दै भारतका प्रधानमन्त्री माेदी, रक्षामन्त्री राजनाथ सिंहलगायत नेताहरुले जेटलीलाई भेटेका थिए  ।

जेटलीले आफ्नाे स्वास्थ्यका कारण यसपटक आफू सरकारमा सहभागी नहुने जानकारी प्रधानमन्त्री माेदीलाई निर्वाचनाअगाडि नै चिठी लेखेर बताएका थिए ।

जेटली वकालत छाेडेर राजनीतिमा आएका हुन् ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्