आफ्नै पार्टीका महासचिवप्रति इंगित गर्दै कार्यवाहक प्रधानमन्त्री पोखरेलले भने– सार्वजनिक सम्पत्ति कब्जा गर्ने प्रवृत्ति हामीभित्रै छ

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री नेता ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गर्ने प्रवृत्ति आफूहरुभित्रै रहेको बताएका छन् । प्रदेश ३ सरकारद्वारा काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा निर्मित टुसाल पार्क उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै नेकपाका नेतासमेत रहेका पोखरेलले यस्तो बताएका हुन् । 

सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले बालुवाटारस्थित सरकारी जग्गा आफ्नो छोराका नाममा गराएको विषयमा सर्वत्र विरोध हुँदै आएको छ । कार्यबाहक प्रधामन्त्री पोखरेलले कसैको नाम नलिई भने,  ‘म तपाईंहरुलाई तोकेर भन्न चाहन्नँ । हामीभित्रै समस्या छन् ।’

पोखरेल तत्कालीन एमालेका महासचिव हुन् । नेकपा गठनपछि उनले महासचिव पद दाबी गर्दै आएका थिए । तर, अध्यक्ष ओली सँगको निकटताका कारण सो पद तत्कालीन एमालेका उपमहासचिव विष्णु पौडेलले पाएका थिए । 

‘सार्वजनिक सम्पत्ति कब्जा गर्न पाए, उपभोग गर्न पाए, मजा मान्ने चिन्तन र प्रवृत्ति छन् । यो गलत चिज हो,’ रक्षामन्त्रीसमेत रहेका उनले अगाडि थपे, ‘सार्वजनिक सम्पत्ति जनताको सम्पत्ति हो । त्यसको रक्षा गर्नु हामी सबैको कर्तव्य हो ।’

पोखरेलले निर्वाचित नजप्रतिनिधिले मात्र नभई आमसचेत नागरिक पनि सार्वजनिक सम्पत्तिको रक्षा गर्न लाग्नुपर्नेमा जोड दिए ।





  • प्रकाशित मिति : भदौ ७, २०७६ शनिबार १५:४८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया