चितवनमा पाँचजनाभन्दा धेरै भेला हुन नपाउने गरि प्रशासनले लगायो निषेधाज्ञा

भरतपुर– चितवनको जिल्ला प्रशासन कार्यालयले केही क्षेत्रहरुमा ‘कफ्र्यू’ लगाएको छ । जिल्ला अदालतको वरपरको जिल्लामा प्रशासन कार्यालयले निषेधाज्ञा भन्दै विज्ञप्ति जारी गरेको हो । याे निषेधाज्ञा भाेलि विहान ६ बजेबाट अर्काे सूचना नआएसम्म लागु हुने प्रशासन कार्यालयले जनाएकाे छ ।

आइतबार साँझ अबेर जारी गरिएको विज्ञप्तिअनुसार अब बाइपास सडकमा पर्ने आन्तरिक राजश्व कार्यालयको चोकदेखि धरेलु कार्यालयको चोकसम्म, सप्तगण्डकी चोकदेखि चौबिसकोठीसम्म, भरतपुर अस्पताल चोक वरपर, मेडिकल कलेज जाने बाटो, चौबिसकोठी, घरेलू कार्यालयदेखि दूरसन्चार चोकसम्म प्रदर्शन गर्न पाइने छैन । 

यो क्षेत्रमा प्रदर्शन गरे वा पाँच जनाभन्दा बढी भेला भएमा प्रहरीले जुनसुकै कारवाही अगाडि बढाउन सक्ने, यसको उल्लंघन गर्नेलाई पाँच सय जरिवाना तथा एक महिना कैद हुनसक्ने व्यवस्था छ । 

आइतबार टेलिभिजन प्रस्तोता रवि लामिछानेको समर्थनमा सयौँको संख्यामा जुलुसमा मानिसहरु निस्किएपछि जिल्ला प्रशासनले यो निषेधाज्ञा जारी गरेको हो । रवि लामिछाने निर्दोष भए पनि उनलाई फसाउन खोजिएको भन्दै उनी पक्राउ परेकै दिनदेखि चितवनमा प्रदर्शन हुँदै आएको छ । 

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछाने, युवराज कँडेल तथा अस्मिता भनिने रुकु कार्कीविरुद्ध जिल्ला अदालत चितवनमा दुरुत्साहन गरेको अभियोग लगाउँदै मुद्दा दायर भएको छ । सोमबार यस विषयमा थुनछेक बहस हुँदैछ ।





  • प्रकाशित मिति : भदौ ८, २०७६ आइतबार २३:५७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया