बेलायतमा संसद् निलम्बनको विरोधमा प्रदर्शन

एजेन्सी– बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले १४ अक्टोबरसम्म संसद् निलम्बन गर्ने निर्णय गरेसँगै सांसद् तथा विपक्षीहरुले सडक तताएका छन् । उनीहरु यो कदमको विरोध गर्दै प्रदर्शनीमा उत्रिएका छन् । 

यसलाई बेलायतवासीले गैरकानुनीसमेत भनेका छन् । उनीहरुले १० लाखभन्दा बढीको हस्ताक्षर संकलन गर्दै यसको विरोध गरेका छन् । तर, सरकारले पाँच साता निलम्बन गर्दा बेलायत इयुबाट छुट्टिने प्रक्रियाबारे छलफल गर्न सकिने दाबी गर्दै आएको छ ।

तर, आलोचक तथा विश्लेषकहरुले त्यहाँका सांसद्हरुलाई ब्रेक्जिटको विषयमा गर्न लागेको कदम रोकेर गलत गरेको बताएका छन् । आइतबार बेलायतकी महारानीबाट स्वीकार गरिएको यो निलम्बनले प्रजातन्त्र हरण भएको भन्नेहरु पनि धेरै छन् । 

उता, बोरिस जोन्सनले चाहिँ यो निलम्बनलगत्तै आफ्ना ‘उत्साहपूर्ण’ योजनासहित बेलायती महारानीले १४ अक्टोबरको भोलिपल्ट सम्बोधन गर्ने बताएका छन् । 





  • प्रकाशित मिति : भदौ १२, २०७६ बिहीबार १०:१७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया