लता मंगेशकरले पनि गरिन् रानुको प्रशंसा

एजेन्सी– पश्चिम बंगालको एउटा रेल स्टेसनमा गीत गाएर अहिले चर्चामा आएकी रानु मन्डललाई भारतमा प्रशंसा गर्नेहरु निकै बढिरहेका छन् । यही सूचीमा थपिएकी छिन्, भारतीय गायिका लता मंगेशकर पनि । 

स्मरण रहोस्, रानुले लता मंगेशकरकै गीत ‘एक प्यारका नगमा’ गाएर भाइरल भएकी थिइन् । अहिले त रानुको प्रसिद्धी कति चुलिएको छ भने उनलाई हिमेश रेशमियाले ल्याएर गीत रेकर्ड पनि गराएका छन् । यसका साथसाथै उनलाई अनेकौं अफर पनि मिलेका छन् । 

रानु मन्डलबारे पहिलो पटक बोल्दै लताले भनेकी छिन्, ‘मेरो कामले कसैलाई खुसी मिल्छ वा सफलता मिल्छ भने म सबैभन्दा बढी भाग्यमानी मान्छु । रानुको संघर्ष पनि सुन्न लायक छ, उनले राम्रो गरेकी छिन् ।’ एउटा पत्रिकालाई दिएको अन्तर्वार्तामा योसँगै लताले अहिले पनि अरुको नक्कल गर्नेहरुको कमी नभएकाले यसलाई रोक्नु पर्ने र अरुको नक्कल स्थायी नहुने बताएकी छिन् । 





  • प्रकाशित मिति : भदौ १८, २०७६ बुधबार १०:४५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया