अभिनेत्री सोनम कपुरले अब सामाजिक मुद्दामा नबोल्ने

एजेन्सी– बलिउडमा अभिनेत्री सोनम कपुरलाई निकै चासोका साथ हेरिन्छ । उनी पनि समसामयिक विषयमा आफ्ना कुराहरु राखिरहेकी हुन्छिन् । अहिले फिल्म जोया फ्याक्टरका कारण चर्चामा आएकी सोनमले चाहिँ अब सामाजिक मुद्दामा आफूले मुख नखोल्ने बताएकी छिन् । 

आखिर किन ? किनकि उनले जम्मूकश्मिरमा भारतीय संविधानको अनुच्छेद ३७० निष्प्रभावी बनाएपछि दिएको अभिव्यक्तिले निकै ठूलो चर्चा बटुलेको थियो । तर, त्यो सकारात्मक थिएन । त्यो निकै नकारात्मक थियो । उनले त्यसैले भनेकी छिन्, ‘इमानदारीसँग भन्ने हो भने अब म त्यस्ता विषयमा बोल्दिनँ, चुपचाप नै बस्छु । मैले बोलेकै कारण मेरो परिवारमाथि पनि आक्रमण हुन्छ भने म किन बोल्ने ?’

उनले आफूले त्यस्ता विषयमा नबोले पनि हुने र बोल्दा झन् अरुलाई नराम्रो हुने भएकाले आफूले त्यसरी नबोल्ने निर्णय गरेको बताएकी हुन् ।





  • प्रकाशित मिति : भदौ २२, २०७६ आइतबार १०:१२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया