गणपती पूजामा सलमानले पिए चुरोट, भयो आलोचना

एजेन्सी– बलिउड अभिनेता सलमान खानका निकै धेरै फ्यानहरु छन् । उनीहरु सलमानले राम्रो गरुन् भन्ने चाहन्छन् । तर, कहिलेकांही सलमानका यस्ता विषयमा भिडियो बाहिर आउँछन् जसले सलमानलाई जवाफमा निकै धेरै आलोचना दिन्छन् । 

त्यस्तै एउटा घटना अहिले बाहिर आएको छ । सामाजिक सन्जालमा भाइलर भएको एउटा भिडियोमा सलमान खान चुरोट पिइरहेका छन् । यो भिडियो उनकी बहिनी अर्पिता खानको घरमा भएको गणपति पूजाको हो । त्यहाँ सलमानले चुरोट पिएको भिडियो आएपछि धेरैले उनको आलोचना गरेका छन् । 

‘थोरै भए पनि अप्ठ्यारो मान्नुपर्ने,’ यो भिडियोमा कमेन्ट गर्नेहरुले लेखेका छन् । त्यसो त केही दिनअघि सलमान अरबाज खानसँगै आरती गरिरहेका थिए । त्यति बेला पनि केही मुस्लिम प्रशंसकले उनको जमेर आलोचना गरेका थिए ।





  • प्रकाशित मिति : भदौ २२, २०७६ आइतबार १४:१७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया