संघीयता संस्थागत गर्न राजनीतिक दल एकजुट हुनैपर्छ : गच्छदार

मोरङ– नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले जनताका बलबाट स्थापित संघीयतालाई संस्थागत गर्न राजनीतिक दलहरु एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा  मंगलबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले संघीयता राजनीतिक दलहरुका कारण धरापमा पर्न नहुने कुरामा जोड दिए । उपसभापति गच्छदारले नेपाली कांग्रेस पार्टीको दोस्रो चरणको जनजागरण अभियान पार्टीलाई सुदृढ र बलियो बनाउनका लागि भएको बताए ।
    
उनले सरकारप्रति जनताका अनादर वृद्धि हुन नदिन चनाखो हुनुपर्नेमा जोड दिँदै सरकार जनताका चाहनाअनुसार राज्य सञ्चालन गर्नुपर्ने सुझाब दिए । कोशीपीडितका समस्या विगतका सरकारले पनि गर्न नसकेका र अहिलेको सरकार दुईतिहाइ बहुमतको भएकाले पीडितको समस्यामा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।





  • प्रकाशित मिति : भदौ २४, २०७६ मंगलबार १५:१६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया