नेपाली कामदारका लागि मलेसियाको रोजगारी खुला

काठमाडौं– नेपाल र मलेसियाबीच नेपाली कामदारका लागि मलेसियाको रोजगारी खुला गर्ने सहमति भएको छ । नेपाली कामदारका लागि मलेसियाको रोजगारी विगत १५ महिनादेखि बन्द रहेको थियो । 

नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिव स्तरीय प्राविधिक समितिले मलेसियाको रोजगारी खुला गर्ने सहमति भएको हो । सहमतिसँगै अब नेपालबाट नयाँ कामदार मलेसिया जान पाउनेछन् । 

मलेसिया जान चाहने कामदारले शून्य लागतमा मलेसिया जान पाउनेछन् । कामदार जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्ने सहमति भएको छ । मेडिकल खर्च भने कामदारले पहिलो महिनाको तलबबाट तिर्नुपर्नेछ । 

श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका अधिकारीका अनुसार अब श्रम समझदारी अनुसार मलेसियामा नयाँ कामदार जान पाउनेछन् ।

नेपाल सरकार र मलेसियाबीच श्रम समझदारीमा हस्ताक्षर भएको १० महिना बित्दा पनि रोजगारी खुल्ने छाँट नदेखिँदा वैदेशिक रोजगार व्यवसायी असन्तुष्ट बनेका थिए । पछिल्लो निर्णयले उनीहरूमा उत्साह छाएको छ ।





  • प्रकाशित मिति : भदौ २६, २०७६ बिहीबार १६:३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया