ह्विलचेयरमा किन देखिए इरफान खान ?

एजेन्सी– लन्डनमा बसेर क्यान्सरको उपचार गराइरहेका बलिउड अभिनेता इरफान खान एक दिनअघिमात्र मुम्बईको विमानस्थलमा देखिए । उनी त्यहाँ एउटा ह्विलचेयरमा मुख छोपेर बाहिर निस्किँदै थिए । 

इरफानको यस्तो तस्वीर सामाजिक सन्जालमा आएपछि उनका प्रशंसकले उनको स्वास्थ्यलाई लिएर निकै चिन्ता व्यक्त गरे । 

अहिले फिल्म ‘अंग्रेजी मिडियम’को सुटिङमा व्यस्त इरफान खानको सर्जरी भएको र उनलाई घर आउन मन लागेकाले मुम्बई आएको उनका प्रवक्ताले बताएका छन् । ‘उनको स्वास्थ्य राम्रो छ,’ उनले भनेका छन्, ‘अनेक अन्दाज गरेर अफवाह नफैलाइदिनुहोस् ।’

  • प्रकाशित मिति : भदौ २९, २०७६ आइतबार १२:२७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया