अरुण नदीमा जिप खस्दा ६ जना बेपत्ता
साङ्केतिक तस्वीर

संखुवासभा— संखुवासभाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको जिप गएराति १०:३० बजे दुर्घटना हुँदा कम्तीमा छ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एकै परिवारका तीन जना रहेका छन् ।

धर्मदेवी नगरपालिका–८ मा पर्ने अक्करको भिरबाट को१ज ३७४९ नम्बरको जिप अरुण नदीमा खसेको हो । जिप राति १०:३० बजे सिधैँ अरुण नदीमा खसेर बेपत्ता भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाका अनुसार जिप खस्दा खाँदबारी–९ का दुईमहिने बालक समिर श्रेष्ठ, उनका बुबा सङ्गम श्रेष्ठ र आमा सदीक्षा श्रेष्ठ बेपत्ता छन् । त्यस्तै प्रमिस थापामगर, खबरमान मगर र चालक सन्तोष विक बेपत्ता छन् ।

जिप अरुणमा खसेपछि खाँदबारीबाट राति नै प्रहरीको टोली परिचालन गरिएको थियो । केही दिनदेखिको वर्षाले उर्लिएको अरुण नदीमा जिप पुरै डुबेकाले उद्धारमा समस्या भएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए । 

— रासस





  • प्रकाशित मिति : असोज १, २०७६ बुधबार १०:३२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया