च्याम्पियन्स लिगमा कुन टिमले जिते, कुन बराबरीमा खेले ?

एजेन्सी– च्याम्पियन्स लिगअन्तर्गत गए राति भएको खेलमा साविक विजेता लिभरपुल पराजित भएको छ । लिभरपुल नापोलीसँग २–० ले पराजित भएको हो । 

नापालीको घरेलु मैदानमा भएको खेलमा डरिस मार्टिनेजले खेलको ८२ औ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ९० औं मिनेटमा फर्नाडेज लिरेन्टले गोल गरे । 

त्यस्तै, हिजो नै भएको खेलमा आयक्स, भ्यालेन्सिया, लिपिङ्ग र साल्जवर्गले पनि आआफ्नो खेलमा जित निकालेका छन् । लायाने, इन्टर मिलान तथा बर्सिलोनाले भने हिजोको खेल बराबरीमा खेले । 

आयक्सले लिलीलाई ३—० ले हराउँदा भ्यालेन्सियाले चेल्सीमाथि १—० को जित हात पा¥यो । लिपिङ्गले बेनिफिकालाई २—१ ले निरास पा¥यो । त्यस्तै, साल्जवर्गले जिङ्कविरुद्ध ६—२ को सानदार जित निकाल्यो । लायोनले जेनिथसँग तथा इन्टर मिलानले साल्भा परागुईसँग समान १–१ को बराबरी खेले भने बार्सिलोना र डर्टमण्ड बिचको खेल गोल रहित बराबरीमा सकियो ।





  • प्रकाशित मिति : असोज १, २०७६ बुधबार ११:२४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया