स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा पोखरेल

काठमाडौं– स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक पदमा वरिष्ठ चिकित्सक रोशन पोखरेल नियुक्त भएका छन् । सोमबारको मन्त्रिस्तरीय निर्णयबाट ११औँ तहमा कार्यरत वरिष्ठ मनोचिकित्सक पोखरेललाई सो पदमा नियुक्त गरिएको हो ।

निवर्तमान महानिर्देशक सुशीलनाथ प्याकुरेलले भदौ २१ गतेदेखि उमेरहदका कारण अवकाश लिएका थिए । महानिर्देशक पदमा १२औँ तहको चिकित्सक हुनुपर्ने प्रावधान छ ।

एघारौँ तहका वरिष्ठतम् भएकाले पोखरेललाई महानिर्देशकको जिम्मेवारी दिइएको स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उनी लामो सयमदेखि विराटनगरस्थित कोशी अञ्चल अस्पतालको निर्देशक पदमा कार्यरत रहेका थिए ।





  • प्रकाशित मिति : असोज १, २०७६ बुधबार १५:५३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया