मन्डपबाट उठेर दुलही गइन् परीक्षा दिन, बेहुला कुरिरहे...

एजेन्सी– खासमा संसारमा मानिसका स्वभाव र चाहना फरक फरक हुन्छन् । त्यसैले त कहिलेकांही झट्ट सुन्दा पत्यार नै नलाग्ने समाचारहरु पनि आइरहेका हुन्छन् । झन्, विवाहको सिजनमा त विवाहसम्बन्धी समाचारले हामीलाई कहिलेकांही अचम्ममा पारिदिन्छ । 

एउटा यस्तै समाचार छ । तर, यो नेपालको समाचार होइन । भारतको महाराष्ट्रको औरंगावाद भन्ने ठाउँको हो । त्यहाँ १२ कक्षा पढ्दै गरेकी युवतीले पढाइप्रति आफ्नो प्रतिबद्धता देखाएकि हुन् । उनी विवाहको मन्डपबाट उठेर परीक्षा दिन गइछन् । २० वर्षकी रेणुका पावरले आफ्नो विवाहमा पहिले १२ कक्षाको अर्थशास्त्र विषयको परीक्षा दिन गएकी हुन् । 

उनले पहिले नै परिवारलाई आफ्नो परीक्षाको दिन विवाहको मिति नतोक्न अनुरोध गरेकी रहिछिन् । तर, उनको कुरा सुनिएनछ । त्यसैले उनी विवाहको दिन विहान मन्डपमा गएपछि परीक्षा दिन पुगिछिन् । परीक्षा सकाएर आउँदा उनलाई त्यहाँ भव्य स्वागत गरिएको र उनको र शंकर नामका युवाको विवाह भएको भारतीय सन्चारमाध्यममा समाचार छ ।
 





  • प्रकाशित मिति : असोज २, २०७६ बिहीबार १:३६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया